सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ हुलास फ्याक्ट्री अगाडि सडकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले प्र १-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ईटहरी उपमहानगरपालिका ५ निवासी ५० वर्षीया चिनि माया बुढाथोकीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीलाई उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङ लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसै दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
उनको बिराट नर्सिङहोम अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । यस घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।




