कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । सोमबार दिउँसो स्थानीय कलावती धानुकको घरमा अचानक आगलागी हुँदा करिब ६ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।




