कैलाली । कैलालीको गोदावरी नगरपालिका १ निवासी प्रेम विकका ३ वर्षीय छोरा पियुस विकको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेपछि उनी अशक्त भएका थिए ।
तत्कालै उद्धार गरी मायामेट्रो अस्पताल, धनगढी पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




