सप्तरी । सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ । खडक नगरपालिका ८ भदिया सडकखण्ड स्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो ।
ना १ ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
यस क्रममा चालक खडक नगरपालिका ८ का ४३ वर्षीय भगवत चौधरी पक्राउ परेका छन् । विङ्गरमा माउन्टेन डिउ, जिरा लगायत खाद्य सामग्री रहेको खतिवडाले बताए । बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।




