झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ आठ नम्बर चोकका ४३ वर्षीय बल बहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ पानी तान्ने विद्युतिय मोटर सञ्चालन गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




