वीरगंज । प्रहरीले वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारत पश्चिम बंगाल नदिया शहरका २८ वर्षीय राज अधिकारीलाई ८ किलो ५ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले नियमित चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको जानकारी दिएको छ । त्यसैगरी, सोही स्थानबाट बुधबार राति अवैध लागूऔषध चरेश जस्तो देखिने ११ किलो ७ सय ग्राम पदार्थसहित बारा निवासी ३० वर्षीया आरती यादवलाई पक्राउ गरिएको छ ।
वीरगंजबाट भारततर्फ जाँदै गरेकी उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




