कैलाली । प्रहरीले धनगढी उपमहानगरपालिका २ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले सोही उपमहानगरपालिका २ बस्ने ३५ वर्षीय अबनिश सिंहसहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूबाट नगद १९ हजार ३ सय २५ रुपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




