सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ७ फुलकाहा बस्ने ४० वर्षीया संगिता महतोको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
गम्भीर घाइते अवस्थामा रहेकी उनलाई उपचारका लागि मेट्रो मेघा हेल्थ केयर, कसाहा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




