बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान मकवानपुर, राक्सिराङ गाउँपालिका १ निवासी ४० वर्षीय एक व्यक्तिसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको बसमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा गाँजासहित फेला पारेको थियो । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।




