धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ५ बनिनिया टोलमा आफ्नै श्रीमतीको हत्या गरी घरभित्र खाल्डो खनेर पुरी सिमेन्टले ढलान गरिएको अवस्थामा ६ दिनपछि शव फेला परेको छ ।
प्रहरीका अनुसार, २० वर्षीया अञ्जली यादव गत एक सातादेखि हराएकी थिइन् । खोजी कार्यका क्रममा प्रहरीले उनको शव घरभित्रै गाडिएको अवस्थामा फेला पारेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा अञ्जलीका श्रीमानले नै उनको हत्या गरी शव लुकाएको आशंका गरिएको छ । स्थानीयहरू यो घटनाले स्तब्ध भएका छन्, र अपराधीलाई कडा कारबाहीको माग गरिरहेका छन् ।




