सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका १० बाट लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ३० ट्याबलेटसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका ३ बस्ने २८ वर्षीय मनोज कुमार महतो रहेका छन् ।
प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
हाल पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




