सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका १ बलान खोला नजिक प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो उदयपुर त्रियुगा नगरपालिका ९ घर भएका २१ वर्षीय चुडामनी रायमाझी र २० वर्षीय सुमन परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूबाट फेनारगन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र नाइट्राभेट १४ ट्याब्लेट बरामद गरिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरू लागूऔषध बोकेर हिँडिरहेको भेटिएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




