महोत्तरी । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । औरही नगरपालिका ७ भोईल बस्ने ३२ वर्षीय एक पुरुषलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले बलवा नगरपालिका ५ मनसिस्वा टोलमा गएराति इँटा प्रहार गर्दा उनकी २४ वर्षीया श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




