रौतहट । रौतहटको गरुडा नगरपालिका ५ शिवनगरबाट नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् । वृन्दावन नगरपालिका ७ का २३ वर्षीय राहुल साह रस्तोगीलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ भने लागूऔषध ओसारपसार तथा बिक्री वितरण बारे अनुसन्धान अघि बढाइने जनाएको छ ।




