वीरगंज । वीरगंज महानगरपालिका १५ ब्रह्मचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने ६ किलो ५९० ग्राम पदार्थसहित तीन जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका २ भवानीपुर घर भई वीरगंजमा डेरा गरी बस्ने २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका ३ का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका ११ का २३ वर्षीय रवी चौधरी रहेका छन् ।
प्रहरी चौकी भिस्वागाउँबाट खटिएको टोलीले उनीहरूलाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट दुई थान मोबाइल समेत बरामद गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।




