सप्तरी । डाक्नेश्वरी नगरपालिका ७ ललितपुर टोलमा शनिबार राति भएको आगलागीबाट ठूलो धनमाल नष्ट भएको छ । स्थानीय सत्रुधण मण्डलको घरमा लागेको आगो फैलिएर नजिकैको गोठमा समेत पुगेपछि पूर्णरूपमा जलेर करिब ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




