पर्सा । पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका २ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका ३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका ११ का २३ वर्षीय रवि चौधरी रहेका छन् ।
उनीहरूलाई वीरगन्ज महानगरपालिका १५ ब्रहमचोकबाट फागुन २४ गते राति साढे १० बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । कोठा भाडामा लिएर बसेका तीनै जनालाई प्रहरी चौकी भीष्वाडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको मिश्रले बताए ।
उनीहरूको कोठाबट ६ किलो ५९० ग्राम चरेस बरामद भएको छ । पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ ।




