सर्लाही । सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका ७ बस्ने राम एकवाल सहनीको कुखुरा फार्ममा सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय प्रहरीले अनुसार, आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । फार्ममा रहेका कुखुरा, दाना तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणका लागि स्थानीय बासी र प्रहरीको सहयोगमा प्रयास गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।




