कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँ खाती चोकस्थित सडकमा टेलर गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार दिउँसो पुनर्वासबाट धनगढीतर्फ गइरहेको सु प प्र ०२००१ क ५९२ नम्बरको टेलर गाडीले बाटो काट्ने क्रममा बैतडी शिवनाथ गाउँपालिका ५ निवासी ४० वर्षीय सुन्दर सिंह साउदलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनापछि टेलर चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




