महोत्तरी । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो ।
स्रोतका अनुसार अख्तियारको टोलीले कार्यालयमै छापा मार्दै खरिदार दास र लेखापढी व्यवसायी महतोलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।




