बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका १०, चैनपुर बजारमा डेरा गरी बस्ने तलकोट गाउँपालिका ५ निवासी २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पीडित बालिकाको परिवारले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल आरोपीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






