महोत्तरी । लागूऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजीभन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडाबाट बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठूलो मात्रामा गाँजा फेला पारेको लागूऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोज कुमार अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठूलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।




