सप्तरी । सप्तरी जिल्लाको कंचनरूप नगरपालिका १० बदगामास्थित सडकमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रदेश १-०२-००३ ह ८६९२ नम्बरको सिटी सफारी र प्र ३-०१-००२ प ८२८९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका लागि गोल्डेन अस्पताल, विराटनगर लगिएको भए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते सिटी सफारी चालकसहित चार जना तथा मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




