कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ बरेली टोलस्थित सडकमा शनिबार दिउँसो ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । म १ त १०२० नम्बरको ट्याक्टरमा सु प प्र ०२-००३ प ६७३२ नम्बरको स्कुटर ठक्कर खाई सोही नगरपालिका ११ भुजेला बस्ने ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






