बझाङ । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका १ रायलकी एक छात्राले एसईई परिक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी छोरी आकांक्षा मल्लले मंगलबार आत्महत्या गरेकी हुन् ।
उनको उमेर करिब १६–१७ वर्ष रहेको बताइएको छ । आकांक्षा केदारस्यूँ गाउँपालिका १ स्थित गर्जेपानी मावि, रायलमा अध्ययनरत थिइन् । उनका बुबा सोही विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् ।
अनिवार्य विज्ञान विषयको परिक्षा बिग्रिएको भन्दै उनले आत्महत्या गर्ने निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परीक्षापछि मानसिक तनावमा रहेकी उनले यस्तो कठोर कदम चालेको आशंका गरिएको छ ।
यस घटनाले विद्यार्थी माथि पर्ने शैक्षिक दबाब र मानसिक स्वास्थ्यको महत्त्व बारे गम्भीर प्रश्न उठेको छ । स्थानीय प्रशासन र विद्यालय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ ।






