काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षा स्थितिलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका भित्र विशेष क्षेत्र तोकी कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी झलनाथ तिवारीद्वारा जारी आदेश अनुसार शुक्रबार राति १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यू लागू गरिएको हो । आदेश अनुसार तोकिएको सीमा भित्र कसैले पनि आवतजावत गर्न नपाइने, कुनै पनि सभा, जुलुस, प्रदर्शन वा भेला गर्न नपाइने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षालाई ध्यानमा राख्दै आदेश कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।





