काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरेका छन् । तीनकुने क्षेत्रमा सुरु भएको आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले सुपरमार्केटमा आक्रमण गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार, उनीहरूले खाद्यान्न, इलेक्ट्रोनिक सामग्री तथा मादक पदार्थ लुटेर लगेका छन् । केही महिलाहरूले सौन्दर्य प्रसाधन (Makeup/Cosmetics) को सामान लिएर भागेको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसअघि, उग्र प्रदर्शनकारीहरूले आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा तोडफोड गरेका थिए । त्यसक्रममा उनीहरूले कार्यालयबाट एउटा पंखा समेत लिएर भागेको बताइएको छ ।
त्यसअघि, तीनकुनेस्थित एक व्यवसायिक भवनमा समेत प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए । प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन अहिले कर्फ्यू आदेश जारी गरिएको छ ।




