रौतहट । रौतहट जिल्लाको गुजरा नगरपालिका ४ पोखरभिण्डास्थित सडकमा मोटरसाइकल दुर्घटनामा परेर १४ वर्षीय किशोरको मृत्यु भएको छ । गुजरा नगरपालिका ६ खतबैया बस्ने अफरोज अंसारीका छोरा सैफुल्लाह अंसारीको बुधबार राति दुर्घटनामा परेर निधन भएको हो ।
मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका अंसारीलाई तत्काल गण्डक हस्पिटल, वीरगंज लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
हाल दुर्घटनामा संलग्न मोटरसाइकल चालक फरार रहेका छन् । प्रहरी प्रशासनले फरार चालकको खोजी कार्य तीव्र पारेको र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




