सप्तरी । सप्तरी जिल्लाको महादेवा गाउँपालिका १ चिम्टि टोलस्थित एक ब्राखा फर्ममा आइतबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा करिब ५ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय ६५ वर्षीय हुमेसर प्रसाद यादवको स्वामित्वमा रहेको फर्ममा अचानक आगो लागेपछि ठूलो मात्रामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी नियन्त्रण गर्ने क्रममा हुमेसर प्रसाद यादव स्वयम् जलेर घाइते भएका छन् । उनको हाल महादेवा हेल्थ पोस्टमा उपचार भइरहेको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत कारण र क्षतिको विवरण सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




