कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडीबाट मंगलबार दिउँसो अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ४ ग्राम ६ सय मिलिग्राम पदार्थसहित २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी, कैलालीको गोदावरी नगरपालिका २ पूर्व रोडबाट मंगलबार साँझ १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १ ग्राम ३ सय मिलिग्राम पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । किशोर सोही नगरपालिका ४ बसन्तपुरका निवासी हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले किशोरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।






