पढे लेखेका विद्वान विदुषीहरुलाई अहिलेको नेपालको संविधानले कुनै स्थान दिँदैन, यसमा ढुक्क हुनुहोस् ।
१. राम्रो राम्रो लेख पढ गरेका, उच्च प्रकारको बौद्धिकता प्राप्त गरेका, नैतिकवान, शाहसी तथा सदाचारवाला नयाँ पुस्ताका नेपाली युवा युवतीहरुलाई वा नागरिकहरुलाई अहिलेको संविधानले चिन्दैन । उनीहरूको निम्ति कुनै स्थान छैन राज्यका विभिन्न अंगहरुमा बसेर काम गर्न । उनीहरूलाई देश सेवा गर्ने बाटो लगभग स्वतः बन्द गरेको छ संविधानले नै ।
२. अर्को शब्दमा भन्नुपर्दा नयाँ नयाँ प्रतिभाहरुलाई अहिलेको यो सम्विधानले सिमान्तकृत गरिसक्यो । किनारा लगाई सक्यो । चिन्दैन । बुझ्दैन । ठाउँ दिँदैन । राम्रा होइन, हाम्रालाई छान्ने व्यवस्था गरेको छ यो संविधानले ।
३. कुनै अमूक पार्टीको झोला नबोक्ने, विद्वान वुद्धिजिवीहरुलाइ यो संविधानले मूलधारबाट नै वाहिर राखिसक्यो । तपाईंले खासमा प्रतिस्पर्धा पनि गर्न पाउनु हुन्न । प्रतिस्पर्धाको न्यूनतम मापदण्ड समेतले तपाईंलाई समेट्न सक्दैन । यसको लागि दर्जनौं उदाहरणहरू अगाडि छर्लङ्ग छन् । त्यो प्रकारका समाचार हामीहरूले मूलधारका पत्रिकाहरूमा समेत सजिलै पढ्न सक्छौं ।
४. यसरी जुनसुकै प्रकारको चमत्कारिक विद्वता, कौशलता, योग्यता र हैसियत रहेता पनि अव कुनै मौका आउदैन दलको सदस्यता नलिएको मान्छेलाइ नेपालमा । अव अव्वलले स्थान पाउँदैनन, अब नेपालमा । दलको झोला बोकेर हिँडेको जोसुकै मान्छेले मात्र ठाउ पाउछ अब नेपालमा । यसको अभ्यास गरेको पनि १५/२० वर्ष हुन लाग्यो कम्तीमा पनि ।
५. देश क्रमश खरानी रंगको हुँदै छ । तातो खरानीले कति जनालाई र कहिलेसम्म भात पाक्छ ? यो संविधान संशोधन वा परिवर्तन नगरेसम्म नेपालले समृद्धि हासिल गर्ने कुरा अनुत्तरित छ ।
अस्तु ।






