कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका ६ लालपुर निवासी २६ वर्षीय अभिषेक धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई बुधबार राति गड्डाचौकी नाकाबाट पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धामीको साथबाट २ ग्राम २५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका धामीमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न निगरानी कडा बनाइएको बताएको छ ।






