रौतहट । रौतहटको गरूडा नगरपालिका ८ स्थित चाँदी खोलामा बिहीबार एक १४ वर्षीय किशोर मृत अवस्थामा फेला परेका छन् । मृतक वृन्दावन नगरपालिका ७ निवासी सुरूज राय यादवका छोरा कृष्ण प्रसाद यादव हुन् ।
स्थानीयहरूले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । किशोरको मृत्युको कारण भने अझै खुल्न बाँकी छ ।




