सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका ३ मा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । आइतबार बिहान ३६ वर्षीया रेनु देवी पासवानको हत्या गरेको अभियोगमा सोही ठाउँका ४० वर्षीय साहेब पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साहेब पासवानले धारिलो हतियार फर्सा प्रहार गर्दा रेनु देवीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना हुनासाथ प्रहरी चौकी मधुवनगोठ र इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




