बारा । बाराको आदर्श कोतवाल गाउँपालिका ३ वाताराबाट अवैध २ सय २५ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई खेतबाट र सोही प्रकरणमा संलग्न रहेका तीन जनालाई होटलबाट प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको बारागढी गाउँपालिका क्षेत्रबाट २५ किलोग्राम अवैध लागूऔषध गाँजासहित चार जना पक्राउ परेका हुन् ।
गएराति इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बारागढीमै रहेको एक खेतमा पार्किङ गरिएको प्र २-०३-००१ त ४८७६ नम्बरको ट्र्याक्टर जाँच गर्ने क्रममा ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाई लुकाएर राखिएको १५ वटा कार्टुनमा रहेको २५ किलोग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त ट्र्याक्टरका चालक ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ । अनुसन्धानको क्रममा उक्त गाँजा कारोबारमा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर हेटौंडा नगरपालिका ४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलास गाउँपालिका ४ देवतिसका २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका ५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट नियन्त्रणमा लिइएको हो । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।




