काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षासँगै केही नदीमा पानीको वहाब बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी, कर्णाली, कन्काई, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र यीनका सहायक नदीहरुमा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायत नदीमा वहाब सामान्य घटबढ भए पनि जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ । प्रदेश १ का अधिकांश जिल्ला तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने विभागको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।






