झापा । झापा जिल्लाको कन्काई नगरपालिका २ सुकेडागीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति ३५ वर्षीय कविराज हेमरन हुन् । उनले आफ्नै ३४ वर्षीया श्रीमती पूजा हेमरन (विटी हेमरन) लाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार राति भएको घटनामा खुकुरी प्रहारबाट पूजाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरी टोलीले कविराजलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार घटनाको कारण बारे विस्तृत अनुसन्धान भइरहेको छ ।






