कैलाली । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ लम्कीस्थित सडक छेउमा पार्किङ गरिएको ट्याक्टरको ट्रालीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको दुर्घटनामा से ७ प ३२३२ नम्बरको मोटरसाइकल चालक लम्कीचुहा २ निवासी ६५ वर्षीय लक्षिराम रिमाल गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लम्कीमा रोकी राखिएको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रालीमा मोटरसाइकल ठोक्किँदा भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।






