सिराहा । सिराहाको मिर्चैया नगरपालिका ७ बाख्रा बजारस्थित सडकमा टिपरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । मंगलबार बिहान बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा ६५ वर्षीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको हो । उनी सोही ठाउँका स्थानीय निवासी थिए ।
घटनापछि टिपर चालक फरार भएको र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि सिराहा अस्पताल पठाएको छ ।
सडक दुर्घटनाको कारण स्थानीयवासी आक्रोशित बनेका छन् भने दुर्घटनाका मुख्य कारण टिपर चालकको लापरवाही रहेको अनुमान गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।




