पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १ छप्कैयास्थित सडकमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
छप्कैया बजारबाट मालपोत कार्यालयतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक विशाल ठाकुरको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २० वर्षीय ठाकुरलाई तत्काल उपचारका लागि वीरगंज हेल्थ केयर गण्डकमा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको नम्बर खुल्न बाँकी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।




