सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ धनसवारमा गएराति भएको आगलागीले ठूलो क्षति पुर्याएको छ । स्थानीय विन्देश्वर यादवको घरमा अचानक आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुलेको छैन भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




