रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ स्थित जयलाल साह कानुको घरमा गए राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीमा परेर घरमा रहेका अन्नपात, लत्ता कपडा र अन्य आवश्यक सामग्री जलेर नष्ट भएका छन् । आगलागीको कारण बारे हाल खुल्न नसके पनि प्रहरीले घटनास्थलमा पुगेर स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ । घटना बारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




