बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० मा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा एक घरमा ठूलो क्षति भएको छ ।
प्रहरीका अनुसार स्थानीय प्रमानन्द सहनीको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घरसहित भित्र रहेका लत्ताकपडा, अन्नपात र अन्य सामग्री जलेर करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीय बासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।




