पर्सा । पर्साको वीरगंज महानगरपालिका १७ अलौस्थित सडकमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ना ७ ख ९४२९ नम्बरको टिपरले बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका १६ नगवा टोल निवासी २२ वर्षीय छोटु साह सोनार र पछाडि सवार वीरगंज २९ रतनपुर टोल निवासी २९ वर्षीय शुकुरूला अंसारी गम्भीर घाइते भएका थिए ।
घाइते छोटु साहको पावर हाउसस्थित निलकण्ठ अस्पतालमा र शुकुरूला अंसारीको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । स्थानीयहरूका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।




