सिराहा । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ११ मा रहेको एक टेलर्स पसलमा आइतबार राति विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीमा पसल सञ्चालन गर्दै आएका २८ वर्षीय समतुल हकको टेलर्समा रहेको लत्ता कपडा र सिलाई मेसिन जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
टेलर्स पसलमा भएको विद्युत सर्टका कारण आगो सल्किएको अनुमान गरिएको छ । स्थानीय बासिन्दा र दमकलको सहायतामा आगलागी नियन्त्रणमा ल्याइएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।




