जनकपुरधाम । देशका विभिन्न स्थानहरूमा मंगलबार ४ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकहरूको पहिचान खुल्न नसकेका सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १२ क्याम्पस चोकस्थित जयन्ती सेक्युरिटी कम्पनीको प्रदेश कार्यालयमा कार्यरत मोरङ घर भएका ५० वर्षीय यान बहादुर खुलाल मंगलबार बिहान कार्यालयको छेउमै मृत फेला परेका हुन् ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका ८ स्थित अग्नि कुण्ड पोखरीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका १ चौतारास्थित फुटबल खेल मैदानको स्टेजमा पनि हाल पहिचान नखुलेका अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् ।
यस्तै सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका ८ काचनका ३५ वर्षीय अरुण कुमार दास मंगलबार आँपको रूख मुनि मृत फेला परेको प्रहरीले जनाएको छ ।
चारै घटनाको सम्बन्धमा स्थानीय प्रहरी कार्यालयहरूले अनुसन्धान अगाडि बढाएका छन् । प्रारम्भिक जानकारी अनुसार कुनैपनि घटनाको स्पष्ट कारण खुलेको छैन ।




