रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुडिया टोलमा बुधबार दिउँसो अचानक भएको आगलागीबाट तीन घरमा क्षति पुगेको छ । स्थानीय शेख जमिल अख्तरको घरबाट सुरु भएको आगोले छेउकै मोजरे आलम र सकिल अख्तरको घर समेत क्षतिग्रस्त बनाएको छ ।
आगलागीका कारण तीनै घरधनीको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलमा स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गर्मीको समयमा यस्ता घटनाहरू दोहोरिरहेकाले सचेत रहन र सुरक्षाका उपाय अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।




