बारा । बाराको सिम्रौनगढ नगरपालिका १ ब्रहमस्थान टोलमा रहेको दुलाचन महतोको गोठघरमा बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि स्थानीयवासी र दमकलको सहयोगमा प्रयास गरिएको थियो । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन भने घटना बारे थप अनुसन्धान भइरहेको छ ।
गोठघरमा आगो लागेपछि स्थानीयवासीहरू त्रसित बनेका थिए भने तत्कालै उद्दार प्रयास थालिएको थियो । आगलागीले पशुचौपायाको खाद्यान्न, भाँडाकुडा तथा अन्य सामग्रीमा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।




