रौतहट । रौतहटको गुजरा नगरपालिका ९ अम्तवास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । बिहीबार बिहान ना ६ त ६७४३ नम्बरको ट्याक्टरले बीआर ०६ टिएन ४०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५५ वर्षीय सुभान मियाको ज्यान गएको हो ।
मृतक गुजरा नगरपालिका ५ लक्ष्मीपुर निवासी थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल प्रहरीले फरार ट्याक्टर चालकको खोजी कार्य तीव्र बनाएको छ र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




