धनुषा । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ४ चन्द्रपुरस्थित एक गोठमा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शुक्रबार राति भएको आगलागीमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने महेन्द्र खत्वेको गोठ पूर्ण रूपमा जलेको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण खुल्न नसके पनि गोठमा रहेका पराल, घरायसी सामाग्री लगायतका सामान पूर्णरूपमा नष्ट भएको जनाइएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




